झापा ५ मा एमाले अध्यक्ष ओली ३५ सय मतले अगाडि

मंगलबार, ०६ मंसिर २०७९
झापा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् । मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार ओलीले ८ हजार ९७८ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी डा। खगेन्द्र पाण्डब अधिकारीले ५ हजार ४४८ मत ल्याएर पछ्याइरहेका छन् । जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार