प्रदेश १ मा सरकार गठनको विषयमा दलहरुले छलफल सुरु गरेका छन् । सरकार बनाउन दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलहरुबीच छुट्टाछुट्टै छलफल भइरहेको जानकारी दिएका छन् ।
केन्द्रमा गठबन्धन गरेका दलहरुकै नेतृत्वमा सरकार बन्ने गरि छलफल अघि बढाइएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छुट्टाछुट्टै अनौपचारिक छलफल भएपनि संयुक्त ढंगले छलफल सुरु नभएको बताए ।
प्रदेश १ मा सत्ता गठबन्धन दल नेकपा (एमाले)सँग ४० जना सांसद छन् भने माओवादी केन्द्रका १३ जना सांसद छन् । य्स्तै राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना रहेका छन् । प्रदेश १ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी पुस २४ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिएका छन् ।
प्रतिक्रिया