गोकर्ण उपाध्याय गृहमन्त्री लामिछानेको निजी सचिवमा नियुक्त

मंगलबार, १९ पुस २०७९
उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त भएका छन् । गृहमन्त्री लामिछानेले उपाध्यायलाई आफ्नो निजी सचिव नियुक्त गरेका हुन् । उप–सचिव उपाध्याय गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । निजामति तर्फको कर्मचारी प्रशासनको जिम्मेवारी समेत पूरा गर्नेगरी उनलाई निजी सचिवमा नियुक्त गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार