उदयपुरको कटारी नगरपालिकामा जंगली हात्तीले घर भत्काउँदै हिनेपछी स्थानीय त्रसित बनेका छन् । आईतबार राती कटारी , ३ ताराघारी स्थित नरेन्द्र वलम्पाकी मगरको वाँसको टाटीले बेरेको घर भत्काई पूर्ण रुपमा क्षति पुर्याएको सदावहार सामुदायिक वन उपभोक्ता समूहका सचिव मिनबहादुर सुनुवारले जानकारी दिएका छन् ।
त्यसैगरी मगरसँगै घर रहेको स्थानिय विष्णु सापकोटा र फुलमाया परियारको घरमा समेत क्षति पुर्याएको पनि सचिव सुनुवारले बताए । तीनदिन अघिदेखि जिल्लाकै पूर्वीभेगको गाईघाट ,नेपालटार हुँदै कटारी नगरपालिका तर्पm जंगली हात्ती प्रवेश गरेको डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)का प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिएका छन् ।“कोशीटप्पुबाट आएको हुनसक्ने अनुमान छ पूर्व झापातिरबाट पनि आएको हुनसक्छ ।”अधिकृत घिमिरेले भन्नुभयो –“चर्दै र रमाउँदै पनि जंगली हात्ती आएको हुनसक्छ ।”
घिमिरेका अनुसार कटारी ३ को सुगाजोर सामुदायिक वन हुँदै सदावहार वनमा प्रवेश गरेकोसम्म सुचना प्राप्त भएको छ । जंगली हात्ती गाउँगाउँमा देखिएपछी तीन दिनदेखि स्थानिय त्रासमा छन् ।
आईतबार साँझ कटारी ५ मा देखिएको जंगली हात्ती डिभिजन वन कार्यालय , ईलाका प्रहरी कार्यालय , शसस्त्र प्रहरी वेश क्याम्पका सुरक्षाकर्मी र स्थानीयले वन क्षेत्र तर्पm नै धपाएको ईलाका वन कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
“ताराघारीमा नरेन्द्र मगरको वाँसको टाटीले बनेको घर भत्काएको छ”प्रमुख कार्कीले भने । उक्त गाउँहरुमा वर्षेनी हिउँदको समयमा जंगली हात्ती आउने र अन्नपात खाईदिने , घर भत्काइदिने गरेको स्थानीयले गुनासो गरेका छन् । यस पटक तीनवटा हात्ती आएको स्थानीयले बताएपनि एउटा मात्रै हात्ती देखिएको पनि प्रमुख कार्कीले जानकारी दिए । पूर्ववाट आएको हात्ती सिन्धुलीसम्म पुगेर फर्किने गरेको पाईएको वन कार्यालयका प्रमुख घिमिरेले बताए । हात्ती निस्किएपछी गाउँलेहरु रातभर आगो वाल्ने तथा सुरक्षित स्थानमा वस्ने गरेका छन् । दिउँसो जंगलमा वस्ने हात्ती साँझ परेपछि भने गाउँमा पस्ने गरेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया