धरानमा सुरु भयो धरान उत्सव

बुधबार, २० पुस २०७९
प्रदेश १ को पर्यटकिय गन्तव्य मध्यको एक धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ । उत्सवकै अवसरमा सार्वजनिक विदा समेत दिइयो । धरान १२ स्थित पब्लिक हाइस्कुलमा बिभिन्न कार्यक्रको आयोजना गर्दै उत्सव उद्घाटन गरिएको हो । सुनसरी १ का प्रतिनिधि सभा सदस्य अशोक राईले उद्घाटन गरेको कार्यक्रममा धरानको पहिचान बोकेका सीप, कृषि उत्पादन र सांस्कृतिक परिकारका स्टल पनि लगाइएको छ । यसअघि बिहान ८ बजे धरान भूपेन्द्र स्मृति पार्क उद्घाटन, ११ बजे सांस्कृतिक झाँकी सहितको र्‍यालीले नगर परिक्रमा गरेको छ । र्‍यालीमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको ‘गो कार्ट’ मुख्य आकर्षणको रुपमा देखिएको छ । धरान उत्सवका अवसरमा यहाँका जातीय संघ संस्था, विद्यालय, खेलकुदका संघसंस्था र्‍यालीमा सहभागी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार