आजको मौसम : तराईका विभिन्न क्षेत्रमा शीत लहर तथा हुस्सु

विहीबार, २१ पुस २०७९
चिसो बढेसगै भित्री मधेस तथा आसपासका क्षेत्रहरूको जनजीवन कष्टकर बनेको छ । चिसो अझै बढ्न सक्ने भन्दै सतर्क रहन  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु लागेको छ। आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार भने  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागमा हल्का हिमपात र मध्य तराईका धेरै  भू-भागहरुमा  बाक्लो हुस्सुलाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार