इलाम, मंसिर : इलामको माईजोगमाई गाउपालिकाको केन्द्र नयाँबजारमा सांस्कृतिक मेला लाग्ने भएको छ । आगामी मंसिर २१ गते देखि २६ गते सम्म धार्मिक एव सांस्कृतिक मेला लाग्ने भएको हो ।
बालाचतुर्दशीको अवसरमा बार्षिक रुपमा लाग्दै आएको मेला यस वर्ष समेत लाग्ने भएको हो । आफ्नो पितृहरुको नाममा सतबिउ छर्ने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले मेला लाग्ने गरेको स्थानियको भनाई छ ।
गाउपालिकाको रोहवरमा बजार व्यवस्थापन समिती उपाध्यक्ष पूनम गुरुङको संयोजकत्वमा २३ सदस्यीय मेला व्यवस्थापन उपसमिती गठन भएको छ । विशेष गरेर पर्यटन प्रवर्द्धन हेतुले मेला लगाइने आयोजनकले जनाएको छ ।
पर्यटनको प्रचुर संभावना बोकेको माइजोगमाई गाउपालिका भित्रका चिनारिहरु उत्तरे पोखरि एसियाकै पुरानो गुम्बा, थुम्केरानी जहाबाट सुर्योदय र सुर्यास्थको दृश्यवलोकन गर्न सकिने, कुम्भकर्ण कञ्चनजंघा हिमाल लगायतको दृश्यलोकन, विश्वबाट लोपोन्मुख रेडपाण्डा, विभिन्न प्रजातिका चराहरु, जिवजन्तु अवलोकनलगायतको अवलोकन गर्न सकिन्छ ।
२०१३ सालदेखी निरंन्तर रुपमा लाग्दै आएको मेला कोरोना कहरमा भने बन्द भएको थियो ।
मेलाको आकर्षणहरु विभिन्न जातजातिको झाकी प्रदर्शन, रोटे पिङ, राष्ट्रिय स्तरका तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने मेला आयोजक उपसमितिका सचिव देवि अधिकारीले जानकारी दिए ।
उनका अनुसार मेलालाई सब्य र भब्य बनाउन समेत स्थानिय समेत स्वयम लागेका छन् ।
प्रतिक्रिया