लग्ने भयो पुषे मेला

बुधबार, २० मंसिर २०८०
ताप्लेजुङ मंसिर : यस वर्ष पनि पुषे मेला लाग्ने भएको छ । ५० बर्ष देखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुषे मेला यस वर्ष समेत भब्य लगाउने तयारी भइरहेको हो । मेलामा बिभिन्न मनोरन्जनात्मक खेलहरु समेत हुने भएका छन् । कलाकारद्धारा प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लव स्तरीय भलिबल प्रति योगिता हुने भएको छ । सो स्थानमा २०३१ साल देखि निरन्तर मेला लाग्दै आएको छ । मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य सहित मेरिङदेन गाउँपालिका वडा नं ३ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ को संगमस्थलमा पुष १ गतेबाट ५ गते सम्म मेला आयोजना गरेको छ । आयोजक समितिका अध्यक्ष अध्यक्ष हेम चोङवाङले ताप्लेजुङकै ठुलो भलिबल प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका बिभिन्न टीमहरुको प्रतिष्पर्दा रहने छ । बिजेता टीमले ३ लाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपबिजेता टीमले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । मेलाको समयमा गायक तथा नृत्यकार समेतको सहभागितामा बृहत्त साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार