पाँचथर : फिदिममा जारी प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्ड कप फुटबल प्रतियोगितामा उपाधिका लागि झापाको बिर्तामोड युनाईटेड क्लब र मोरङको डाँगी हाट फुटबल क्लब भिड्ने पक्का भएको छ ।बिहीबार फाइनल खेलको समीकरण पुरा भएसँगै उपाधि कब्जाका लागि झापा र मोरङ भिड्ने निश्चित भएको हो । फिदिम माविको मैदानमा बिहीबार भएको सेमी फाइनलको अन्तिम खेलमा ताप्लेजुङको कर्ण सिंह सोनाम स्मृति क्लबलाई २–१ गोलले पराजित गर्दै झापा फाइनल प्रवेश गरेको हो ।बुधवार भएको सेमी फाइनलको पहिलो खेलमा आयोजक पाँचथर क्लबलाई टाई ब्रेकरमा ४–१ गोलले हराउँदै मोरङले फाइनलको स्थान बनाएको छ । झापाको जितका लागि रोमन भुजेल र प्रदीप बुढाथोकीले एक÷एक गोल गरे । ताप्लेजुङको सात्वताका लागि दीपेश लिम्बूले गोल गरेका थिए ।खेल सुरु भएको आठ मिनेटमा ताप्लेजुङका दीपेशले सुरुवाती गोल गरेका थिए । ३१ औँ मिनेटमा बिर्तामोडका रोमन भुजेलले गोल फर्काएर खेललाई बराबरीमा ल्याए । ताप्लेजुङका खेलाडीले डी बक्सभित्र फाउल गरेपछि रोमनले प्यानल्टि किकबाट गोल गरेका थिए ।निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको इञ्जुरी समयमा झापाका प्रदीप बुढाथोकीले निर्णायक गोल गरेर टिमलाई फाइनलको स्थान दिलाए । दोस्रो हाफमा ताप्लेजुङले निकै आक्रामक खेले पनि जवाफी गोल गर्न नसक्दा उसले सेमी फाइनलबाटै बाहिरिनु प¥यो ।बिहीबार को खेलमा झापाका गोलकर्ता प्रदीप बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका कोसी प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो) र आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले पाँच हजार नगद पुरस्कार प्रदान गरे ।प्रतियोगिताको विजेता टिमले चार लाख चार हजार चार सय ४४ रुपैयाँ र उपविजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्नेछ । यो जिल्लाकै साधिकार पुरस्कार राशिको फुटबल प्रतियोगिता हो ।
प्रतिक्रिया