तीनै जना बिरामीलाई सामाजिक ब्यक्तित्व थापासहित निर्मलाको टोलीले घरमै गएर सहयोग गरेका हुन् ।
आर्थिक अवस्था नाजुक भएका र रोगीहरुलाई सहयोग गर्ने मौका जुराइदिने सामाजिक ब्यक्तित्व शेरबहादुर थापालाई धन्यवाद दिदै सहयोग गर्दा आफुलाई धेरै खुसी लागेको निर्मलालले बताइन् । सामाजिक ब्यक्तित्व थापाले उनीहरुलाई सकेको सहयोग गर्नसमेत सवैलाई आग्रह गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा कनकाई–१ का दीपक ओली, बिर्तामोड–१ का नरेन्द्र सिलवाललगायतको उपस्थिति रहेको थियो ।
अटो रिक्सा कुदाएर परिवारको जिविकोपार्जन गर्दै आएका मुखिया हाल आर्थिक अभावका कारण रोगका साथमा घरमै बस्न बाध्य भएका छन् ।
दशैं अघिदेखि पेटको समस्या भएको उनको स्थानीय श्रीप्रसाद खरेल, हरि मैनाली, सोभा प्रसाई खरेलसहित कनकाई–२ का वडाध्यक्ष बलबहादुर राईको सहयोगमा ४० हजार रुपैयाँ चन्दा संकलन गरेर प्रादेशिक अस्पताल भद्रपुर लगिएको र त्यहाँ उपचार नहुने भएपछि बिराटनगरको नोबेल अस्ताल लगिएको उनीहरुको भनाई छ । नोबेलमा पनि आर्थिक अभाव भएपछि अहिले घरमै रोग बोकेर बस्न बाध्य भएको बताइएको छ । मुखिया परिवार बिद्यालयको १० धुर जग्गामा बस्दै आएको छ ।
प्रतिक्रिया