सरोकार केन्द्रकी अध्यक्ष लक्ष्मी न्यौपाने सरुको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संवधानसभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाँईको प्रमुख आतिथ्य रहेको थियो ।
विद्यार्थी प्रमिला रामदामले स्वागत गरेको कार्यक्रममा लैङ्गिक हिंसा तथा मानव अधिकारको अवस्था बारे इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि चापागाँई, ज्येष्ठ नागरिक मञ्जका सचिव शेखर अधिकारी, अर्जुनधारा–८की वडासदस्य सरु बुढाथोकी, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहनप्रसाद ओली, राष्ट्रिय स्वतन्त्र बिद्यार्थी संगठका सचिब गगन चापागाँई, इन्सेक प्रतिनिधि नरेश खातीलगायतले लैङ्गिक हिंसा तथा मानव अधिकारको बारेरमा आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन महिला मजदुर जागरण केन्द्रकी अध्यक्ष सीता सापकोटा सन्ध्याले गरेकी थिइन् ।
प्रतिक्रिया