विराटनगर : गए राती विराटनगरमा स्कुटर चोरेर भाग्दै गरेका एक व्यक्ति पक्राउ परेका छन् ।
विराटनगर महानगर पालिका ९ काली मन्दिर छेउ किशोर कुमार पराजुलीको को ४ प ३२०९ नं को स्कुटर चोर मुकेश मग्राती स्कुटर सहित पक्राउ परेका हुन् ।
पार्किङ गरी राखेको स्कुटर मोरङ सुन्दर हरैचा नगरपालिका १२ बिराटचौक बस्ने २६ वर्षिय मग्रान्तीले लक तोडेर लैजाँदै गरेको अवस्थामा घोघापुलबाट खटिएको प्रहरी टोलीले फेला पारी स्कुटर सहित मानिसलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनलाई विराटनगर मा ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
प्रतिक्रिया