नेपाली सेनामा जागिर खुल्यो

शनिबार, २३ मंसिर २०८०
विराटनगर : नेपाली सेनाले प्राविधिक अधिकृत पदहरूका लागि आवेदन मागेको छ । प्राड उपसेनानी, एमबिबिएस डाक्टर, सैनिक उपचारीका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, मेकानिकल इन्जिनियर लगायत पदमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न सेनाले आवेदन मागेको हो । अटो मोबाइल इन्जिनियर, इलेकट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, समाचार सम्पादक र वाचक, फोटोग्राफर, अर्केस्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार पुस २१ गतेसम्म र दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म दरखास्त फारम बुझाउन सकिन्छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार