गोली प्रहारबाट युवक घाइते

सोमबार, २५ मंसिर २०८०
विराटनगर :  भारतको जोगबनीमा गोली प्रहारबाट विराटनगरका युवक निर्दोष सङ्ग्रौला घाइते भएका छन् । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष सङ्ग्रौलामाथि सीमा क्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका सङ्ग्रौलाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनको बायाँ तिघ्रामा गोली लागेको जनाइएको छ । भारत जोगबनी रेल्वे छेउमा गोली प्रहार भएको प्रहरीको भनाई छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार