इटहरी सरकारले भूउपयोग क्षेत्र वर्गीकरणको काम माघ मसान्त भित्र सक्ने निर्णय गरेको छ । १२७ औ कार्यपालिका बैठकले वडास्तरबाटै वर्गिकरणको मापदण्ड बनाई काम सक्ने निर्णय भएको हो ।
इटहरी सरकार वर्गिकरणको विसयमा अलमल परेको भन्दै नापि बिभाग बाट आएको मालपोत अधिकृत सहितको टोलिले सहयोग गरिरहेको बताउँदै मापदण्ड अनुसार एक महिना भित्र जग्गा कित्ताकाट खुलाउने गरि काम सुरु गर्ने बताईएको छ ।
कित्ताकाट नहुदा सर्वसाधरणलाई समस्या भएको भन्दै माघ मसान्त सम्म वडास्तरबाट जग्गा वर्गिकरण भएर नाआए नगरस्तरबाटै निर्णय गरिने
कार्यपालिका बैठकमा मेयर हेमकर्ण पौडेलले बताएका थिए ।
जग्गा भूउपयोग क्षेत्र वर्गीकरणको काम नसकिँदा कित्ताकाटको समस्या हुने गरेको छ । जग्गा कित्ताकाट नहुदा राजश्व समेत गुमेको भन्दै जग्गा वर्गिकरण तत्काल टुङ्गो लगाउन कार्यपालिका सदस्यहरुले माघ मसान्त अगाबै वर्गिकरणको काम सकिने प्रतिवद्द्ता जनाएका थिए ।
प्रतिक्रिया