गर्भवतीलाई निःशुल्क एम्बुलेन्स

शुक्रबार, ०६ पुस २०८०
इलाम / इलामको इलामको देउमाई नगरपालिकाले गर्भवती महिलाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरभित्रका गर्भवतीलाई प्रसूति सेवाका लागि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको हो । नगरपालिकाका बिभिन्न ठाउँदेखी इलाम अस्पतालसम्म लैजान निस्शुल्क एम्बुलेन्स सेवा दिन थालिएको नगरप्रमुख सूर्य पोख्रलेले बताए । उनका अनुसार ‘गर्भवतीलाई गाडी नपाएर समस्या नहोस भनेर सो सेवा सुरु गरिएको हो । देउमाई नगरपालिकाले गएको महिना एम्बुलेन्स खरिद गरी सेवा प्रारम्भ गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार