पाथीभरा केबलकार तेह्र महिनामा निर्माण गरिसक्छौँ : ढकाल

शनिबार, ०७ पुस २०८०
ताप्लेजुङ/ : पाथीभरा दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न गरिने बताएका छन् ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालले बताए ।
सदरमुकाम फुङ्लिङ पुगेका उनले तत्काल निर्माणको काम सुरु गर्ने वातावरण बनाउनका लागि उनले सबै पक्षलाई आग्रह पनि गरे । पाथीभरा दर्शन केबलकार परियोजनाको काम सुरु गर्ने वातावरण बनेमा तत्काल काम थाल्ने र यसका लागि स्थानीय सरोकारवालाले साथ दिनुपर्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले केबलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणसहित सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताउनुहुँदै अब काम सुरु गर्न मात्र बाँकी रहेको जानकारी दिए ।
उनले निर्माणको काम थाल्ने वातावरण बनेको अवस्थामा आउँदो फागुनको तेस्रो साता अघि नै परियोजनाको शिलान्यास गरी काम थाल्ने पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार