नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को चौथो अधिवेशन पौष ९ गते 

शनिबार, ०७ पुस २०८०
धरान / नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)  पूर्वाञ्चलको ७ औ साधारणसभा तथा चौथो अधिवेशन यही पौष ९ गते धरानमा हुने भएको छ ।  होटेल गजुर प्यालेस धरानमा हुने अधिवेशन केन्द्रीय अध्यक्ष शेषराज भटराईले उद्घाटन गर्ने कार्यक्रम तय भएको इक्यान पूर्वाञ्चल अध्यक्ष प्रकाश लकान्द्रीले बताए ।
अधिवेशनले २ वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने अध्यक्ष  लकान्द्रीले बताए । कार्यसमितिको नया नेतृत्वका लागि अध्यक्षमा इटहरीका रवीन्द्र निरौला र धरानका भीम लिंथेपले उम्मेदवारी दिने बुझिएको छ ।
 निरौला इटहरीमा लोटस कन्सल्टेन्सीका सञ्चालक साथै हालका कार्यसमितिका कोषाध्यक्ष समेत रहेका छन् । यस्तै लिंथेपले धरानमा पारामाउण्ट इन्टरनेशनल सञ्चालन गर्दे आएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)  पूर्वाञ्चलमा २४ ओटा संस्था दर्ता रहेका छन । तथापि यहा १ सय भन्दा बढि सस्थाहरु क्रियाशिल रहेका छन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार