महेन्द्र बिक र समीक्षा अधिकारीको ‘मुटुको चार आना’

आइतबार, ०८ पुस २०८०
काठमाडौं । अभिनेत्री रेखा थापाद्वारा निर्मित फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ को ‘मुटुको चार आना’ बोलको गीत पुस १३ गते सार्वजनिक हुने भएको छ । मुक्त उदासको रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतमा कलाकार महेन्द्र बिक र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतको नृत्य निर्देशक कविराज गहतराज छन् । फिल्ममा सुलक्षण भारती, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । रेखा फिल्म्स् तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म विष्णु घिमिरे कल्पितले छायांकन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सामाजिक विषयवस्तुमा आधारित फिल्मका लेखक सुलक्षण भारती छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार