सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघको तेस्रो साधारणसभास सम्पन्न भएको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर १ स्थित आपगाछीमा रहेको सहकारीको साधारणसभामा संघका अध्यक्ष बाबुराम खत्रीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै २०७७ असार २ गते संस्था दर्ता गरेर १ नम्बर प्रदेश भरी रहेको र हाल ४८ वटा संस्थाहरुको सेयर रहेको उल्लेख गरे । जसमा सेयर पुजि १ करोड २१ लाख १२ हजार रहेको तथा गत बर्षको भन्दा २१ लाख थप भएको खत्रीले बताए ।
प्रदेशका बिभिन्न स्थानमा रहेका कृषकहरुले उत्पादन गरेको दुध संकलन गरि सहकारी संस्था मार्फत प्रसोधन र बजारीकरण गर्ने र कृषकहरुलाई दीर्घकालीन बजारको सुनिश्चितता गर्नु नै संस्थाको मुख्य उदेश्य रहेको खत्रीले उल्लेख गरेका थिए ।
प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा धुलो दुधको उत्पादनका लागि अनुमति सहित मन्त्रालयसँगको साझेदारीमा धुलो दुध कारखाना स्थापना गरिएको उल्लेख गर्दै कारखानाका लागि प्रदेश सरकारबाट २० करोड र संघको ११ करोड सहित कुल ३१ करोडमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको समेत उल्लेख गरेका थिए।
२०७८ असार २५ गते प्रदेश सरकार बाट १९ करोड ३० लाख ३ हजार ९सय९२ रुपैया कुल अनुदान प्राप्त भइ हाल जडानकार्य अन्तिम चरण पुगेको समेत अध्यक्ष खत्रीले जनकारी गराएका थिए।
अध्यक्ष खत्रीका अनुसार संघमा रहेकोे सम्पत्ति नगद मौज्दात १६ हजार ९सय ९ रुपैया, बैंक मौज्दात ५ करोड १७ लाख ४६ हजार ८ सय ६१, संघको राष्ट्रिय सहकारी बैंकमा सेयर लगानी १० हजार, चालु सम्पत्ति २ करोड ९० लाख ६८ हजार ६ सय ७४ रुपैया र स्थिर सम्पत्ति २४ करोड ३६ लाख २२ हजार ६ सय ८ रुपैया रहेको छ ।
संघको स्थापनाको मुख्य उद्देश्य नै धुलो दुधको कारखाना स्थापना गर्नु रहेको लेखा समिति संयोजक हेम चन्द्र खनालको भनाई थियो ।
कार्यक्रममा दुग्ध बिकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवको प्रमुख आथित्यता रहेको थियो भने १ नम्बर प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बिराटनगर महाशाखाका डा दिपा दियाली , पशु सेवा बिज्ञ केन्द्र सुनसरीका योजना अधिकृत राम प्रसाद मेहता र कामधेनु दुग्ध बिकास सहकारी संस्थाका कार्यकारी प्रमुख पर्शुराम कार्कीको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया