आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

बुधबार, १४ साउन २०८२

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्य स्थानमा र पूर्वतर्फ सामान्यभन्दा उत्तरमा रहेको छ, जसका कारण अधिकांश स्थानमा मौसम बदली रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हाल हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

दिउँसो देशभर आकाश सामान्यतया बदली रहनेछ भने सुदूरपश्चिम लगायतका पहाडी भूभागका धेरै स्थानमा र अन्य तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ। रातिको समयमा पहाडी भू-भागमा सामान्यतया बदली र तराईमा आंशिक बदली रहनेछ। यस क्रममा पहाडका थोरै स्थान र तराईका एक-दुई स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा हुने देखिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने भएकाले जलस्रोतको सतर्क उपयोग, भूस्खलन तथा बाढीको जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

पछिल्लो मौसमी अपडेटमा ध्यान दिन महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार