बाटोमा चिप्लिएर दुईको मृत्यु

मंगलबार, १३ साउन २०८२

काभ्रेपलाञ्चोक  ः काभ्रेपलाञ्चोकमा दुई जनाको बाटोमा चिप्लिएर आज मृत्यु भएको छ ।

 नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो । 

 जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । 

 यस्तै, बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ ।

 आज स्थानीय डेरीमा दूध पु¥याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उनको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार