सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गराउन देउवाको आग्रह

मंगलबार, १३ साउन २०८२

काठमाडौँ  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताहरुको रकम यथाशीघ्र फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

 मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 उनले कतिपय सहकारी सञ्चालकहरुबाट ठगिएका वचतकर्ताहरुको रकम यथाशीघ्र फिर्ता गराउन र रकम फिर्ताका लागि प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 वित्तीय सुशासन कायम गर्न, स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्यून गर्न नेपाली कांग्रेसले सरकारलाई दबाब दिँदै आएको उनले बताए ।

 मूल्य वृद्धिलाई नियन्त्रणमा ल्याई जनताको जीवनस्तरलाई सुधार गर्न नेपाली कांग्रेस कटिबद्ध रहेको उनको भनाइ थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार