साथै, यस्ता घटनालाई कम गर्न नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपालीलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ । यसका लागि दूतावास तथा साउदीमा रहेका नेपाली समाजका अगुवाहरूले साथ सहयोग गर्ने जनाएको छ ।
केही निश्चित अवस्था जस्तैः कफिलले तीन महिनासम्म सेवासुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी समस्याग्रस्त भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण गर्न सकिन्छ । तर, प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइँदैन ।
यस्ता, समस्याका कारण कामदारले कम्पनी छोड्ने वा छोडाउने हुन्छ, जसबाट अझ ठूलो समस्यामा पर्ने हुन्छ । यसरी कामदार समस्यामा परेको मौका हेरी साउदी अरबमै रहेका कतिपय नेपालीले कामदारलाई बढी तलब सुविधाको लोभ देखाइ गैरकानुनी रूपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटना प्रशस्त पाइएका छन् ।
कफिलले एक्जिट–रिइन्ट्रि भिषा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुँदैन । अलेखबद्ध कामदारलाई कुनै मुद्दा मामिला नभए र स्पोन्सरले हरुब लगाएको भए डिपोर्टेसन सेन्टर–सफरजेलबाट एक्जिट भिजा जारी गरी स्वदेश फर्कन सकिन्छ ।
साउदी अरबमा महिलाका समस्या धेरै आएकाले सप्लाई र कन्ट्रक्टिङ कम्पनीबाट महिलाहरू ल्याउन बन्द गरिएको छ । घरेलु कामदारमा साउदी आउन बन्देज छ ।
पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारहरूले नेपालमा गरिएको सम्झौताअनुसारको तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ ।
यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने छ । साउदीमा करिब ११ हजारभन्दा बढी नेपाली गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ भने दूतावासको सम्पर्कमा नआएका त कति छन् कति ।
९२ नेपालीलाई एक्जिट भिजा
साउदीमा गैरकानुनी रूपमा रहेका ९२ जना नेपालीले एक्जिट भिजा प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिजा एक्जिट भिजाको प्रक्रिया गरिएमध्ये ९२ जनाको एक्जिट भिजा प्राप्त भएकाले चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।
गैरकानुनी तथा अलपत्र नेपालीले आफ्नो मोबाइलमा एक्जिट भिजा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिजाको पेपर लिएर लिएर जान दूतावासले अनुरोध गरेको छ । एक्जिट भिजा लागेको म्यासेज मोबाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिन दूतावासमा आइरहनु नपर्ने जनाएको छ ।
एक्जिट भिजा प्रोसेसिङ निःशुल्क हुनेछ । यसबापत एक हलाला पनि कहीं कतै बुझाउनुपर्दैन । तर, एक्जिट भिजा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
एक्जिट भिजा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।
दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र इकामा नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिजाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । तर, एक्जिट भिजा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया