बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

आइतबार, १४ माघ २०८०
बिहार । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले आइतवार राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ मा हुने निर्वाचन नजिकिँदै गर्दा भारतमा राजनीतिक उथलपुथल हुने संकेत देखिएका छन् । यसै परिपेक्षमा जनता दल (युनाइटेड)का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव शुरू भएको थियो । यो बीचमा मुख्यमन्त्री कुमारको राजीनामा आएको हो । कुमार मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै भारतीय जनता पार्टी (भाजपा)ले समर्थन गर्ने आश्वासन दिएको बताइएको छ । कुमार १७ महिनाअघि बिहारका मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार