माओवादी केन्द्रसँगको सहमति अनुसार एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ:ओली

विहीबार, ०५ माघ २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताएका छन् । संसद बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको  बताए । उनलाई राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे पत्रकारले प्रश्न गरेका थिए । प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ । एमालेले उम्म्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’ एमालेबाट राष्ट्रपतिको उम्मेदवार को भन्ने विषयमा उनले कुनै प्रतिक्रिया दिएनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार