राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दैछौं:प्रधानमन्त्री प्रचण्ड

विहीबार, ०५ माघ २०७९
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा राष्ट्रिय सहमतिको कोसिस भइरहेको बताएका छन् । बिहीबार संसदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रिय सहमतिको कासिस भइरहेको बताएका हुन् । सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँमा उभिएको बताएका उनले भने ‘ ‘प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ ।’ राष्ट्रपतिमा चाहिँ के हुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौं’प्रचण्डले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार