पाकिस्तानमा निर्वाचन जारी, मोबाइल सेवा बन्द

विहीबार, २५ माघ २०८०
इस्लामबादपाकिस्तानमा मोबाइल सेवा ‘अस्थायी रूपमा’ बन्द गरिएको छ । पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो । एक विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘आतंकवादी गतिविधिमा भर्खरैको बृद्धिले बहुमूल्य जीवनको कारणले गर्दा देशको सुरक्षा वातावरण खलबलिएको छ, सुरक्षा खतराहरूबाट जोगाउन उपायहरू लिन आवश्यक छ।’ पाकिस्तानमा निर्वाचन जारी छ र निर्वाचन अघि भएको आतंकबादी हमलामा हिजो ३० जनाले ज्यान गुमाएका थिए । सो घटना पछि आजको आम निर्वाचनमा ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार