आठ महिने शिशुको हत्या आरोपमा आमा सहित दुई जना पक्राउ

मंगलबार, ०१ फागुन २०८०
झापा । झापामा आठ महिने शिशुको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । हत्या आरोपमा दमक नगरपालिका–३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङ र शिशुकी आमा सुस्मिता विश्वालाई प्रहरीले पक्राउ गरेको हो । सुस्मिता आठ महिने शिशु सहित घिसिङको घरमा केही महिनादेखि बस्तै आएकी थिइन् । मादक पदार्थ सेवन गरेका घिसिङले सुस्मिताको छोरो रोएको निहुँमा शुरुमा दुई झापड कुटेको र पछि पछारेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोज लामाले जानकारी दिए । घिसिङले सुस्मिताका छोरा एरित ओली पछार्दा उनी बेहोस् भएका थिए । बेहोस् बालकलाई उपचारका लागि दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा पु¥याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार