कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

विहीबार, ०३ फागुन २०८०
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनामा मर्नेहरुको संख्या १० जना पुगेको छ। ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले मृतकको संख्या १० जना पुगेको जानकारी दिए। महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रु बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ। सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो। चन्द्रौटा देखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको उद्धारमा आफै खटेका प्रहरी उपरिक्षक नवरत्न पौडेलले घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर भएको जानकारी दिए। घाईतेको उद्धार कार्यकालागि नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटना स्थल पुगेको छन। घाईतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभुत स्वास्थ्य के्रन्द्रमा उपचार केन्द्रमा लगाीएको छ। ३३ जना उद्धार गरिएको त्यसमध्ये ९ जनालाई थप बुटवल स्थित चौराहा अस्पतालमा उपचारकालागि पठाइएको प्रहरी उपरिक्षक पौडेलले बताए। मृतक र घाईतेको अझै नाम नखुलेको प्रहरी उपरिक्षक पौडेलले बताए। बसमा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार