गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु

शनिबार, १२ फागुन २०८०
लखनउ । भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो । सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ । तस्बिर : फाइल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार