लोकपृय मत सहित कांग्रेसका विश्वप्रकाश शर्मा विजयी

बुधबार, ०७ मंसिर २०७९
झापा १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । उनले लोकपृय मत सहित विजय हासिल गरेका हुन् । शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए । शर्माले १४ हजार २७५ मतान्तरले जित हासिल गरेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए । शर्मा प्रदीप पौडेल, डा। प्रकाशशरण महत र डा। मिनेन्द्र रिजाललाई रोक्दै नेपाली कांग्रेसको महामन्त्री बनेका थिए । शर्मा यो शमा युवाहरुमाझ निकै लोकपृय छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार