काठमाडौँमा । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कम्पनीले अनमोल ब्याङ्क्वेट काठमाडौँमा साधारण सभा सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९÷८० को वार्षिक साधारण सभामा सो आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ ।
साथै सभाबाट कम्पनीले शेयर धनीहरुलाई प्रस्ताव गरेको १०.२६ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद लाभांश ‘कर प्रयोजन’ समेत पारित भएको छ ।
सभाबाट पाँच जना सञ्चालक निर्विरोध चयन भएका छन् । कम्पनीमा समूह “क” का संस्थापक सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ जना र समूह ‘ख’ का सर्वसाधारण सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने सञ्चालक पद २ जनाको निर्वाचित भएका हुन् ।
संस्थापकतर्फ हाल अध्यक्ष रहेका आजाद श्रेष्ठ र हालका सञ्चालकद्वय प्रणव कुमार दास र बलराम खनाल निर्वाचित भएका हुन् । दासले सिजी फुड्स र खनालले चौधरी ग्रुपको तर्फबाट उम्मेदवारी दिएका थिए ।
सर्वसाधारण तर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्वाचित भएका हुन् । पानुदत्त हाल पनि सञ्चालक छन् भने अधिकारी नयाँ अनुहार हुन् ।
कम्पनीको सभा प्रयोजन र लाभांश प्रयोजनको लागि माघ २२ गते बुक क्लोज गरेकाले गर्दा माघ २१ गतेसम्म नेप्सेमा कायम रहेका शेयर धनीहरुले लाभांश पाउनेछन् ।
प्रतिक्रिया