काठमाडौं - खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ। गत मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले पुरुष तथा महिला क्रिकेट खेलाडीलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेपछि लैंगिक विभेदको विषयले बुलन्द रूप लिएको छ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि अधिकार र सामाजिक न्यायका लागि काम गर्ने ओरेक नेपाललगायतले विरोध जनाएका छन्।
क्यानको वर्गीकरणअनुसार ‘ए’ श्रेणीमा परेका पुरुष खेलाडीले मासिक एक लाख रुपैयाँ पारिश्रमिक थाप्दा यही श्रेणीका महिला खेलाडीले भने मासिक ५० हजार रुपैयाँ मात्रै पाउने भएपछि विरोध भएको हो। क्यानको वर्गीकरणमा ‘बी’ श्रेणीका पुरुष खेलाडीले ७० हजार, ‘सी’ले ५५ हजार, ‘डी’ले ३५ र इमर्जिङ खेलाडीलाई २५ हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।
महिलातर्फ भने ‘बी’ श्रेणीले ३५, ‘सी’ले ३०, ‘डी’ ले २५ र इमर्जिङ खेलाडीले २० हजार रुपैयाँ मासिक तलब पाउने छन्। यसैगरी वर्गीकरणमा ३० जना पुरुष खेलाडी समावेश गर्दा महिलातर्फ भने १९ जनालाई मात्रै समावेश गरिएको छ।
क्यानले यसअघि गरेको वर्गीकरणमा पनि १९ जना खेलाडी नै थिए। राष्ट्रिय टोलीका १९ जनालाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरिएको थियो। त्यतिबेला ‘ए’ मा रुविना क्षत्री, नेरी थापा, इन्दु बर्मा, सीता राना मगर र करुणा भण्डारी थिए। यसपटक भने ‘ए’ श्रेणीमा
यसअघि ‘ए’ श्रेणीका खेलाडीलाई १५ हजार, ‘बी’ लाई १२ हजार र ‘सी’लाई १० हजार रुपैयाँ तलबको घोषणा गरिएको थियो। त्यसबेला पुरुषलाई भने क्रमशः ५०, ४० र ३० हजार रुपैयाँ तलबको व्यवस्था गरेको थियो।
क्यानले खेलाडीको तलब स्केल घोषणा गरेलगत्तै पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै क्यानले महिला र पुरुष खेलाडीबीच विभेद गरेको आरोप लगाएका थिए। ‘समान कामका लागि समान ज्याला आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो।
नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा १८ समानताको हकको उपधारा ९४०० मा प्रष्ट लेखिएको छ, समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन। अनि कसरी गर्न मिल्छ क्यानले पुरुष र महिला खेलाडीलाई यस्तो विभेद’, भट्टराईले प्रश्न गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीको वर्गीकरण गरेर संघले दिनुपर्ने सेवा सुविधा दिन आफूले निर्देशन दिएको र ढिलै भए पनि क्यानले त्यसको पालना गरेको बताए। यसैगरी महिला पुनस्र्थापना केन्द्र ९ओरेक० ले लिंगका आधारमा पारिश्रमिक तोकिनु संविधानविपरीत भएको भन्दै आपत्ति जनाएको छ।
ओरेकले महिलालाई दोस्रो दर्जाका नागरिकका रूपमा नहेर्न क्यानलाई ध्यानाकर्षणसमेत गराएको छ। ‘नेपालको संविधान २०७२ ले लैंगिक आधारमा पारिश्रमिकमा कुनै भेदभाव गरिने छैन भनेको छ। तर, क्यानले महिला खेलाडीको पारिश्रमिक आधा तोकेको छ।
यसले महिलाले गर्ने श्रमको अवमूल्यन भएको प्रष्ट हुन्छ। जुन पितृसत्तात्मक सोेचले ग्रसित मानसिकताको उपज र संरचनात्मक विभेदको परिणाम हो’, आरेककी कार्यकारी निर्देशक सुनिता मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ सबै ठाउँमा समानताको नारा लगाए पनि महिलामाथि विभेद भइरहेको बताउँछन्। ‘विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको नारामै महिला र पुरुषबीच समानता भनिएको छ। तर, नेपालमा मात्रै होइन, विश्वकै ठूलो प्रतियोगिताको पुरस्कार र खेलाडीको सेवा सुविधामा पनि विभेद भइरहेको छ’, उनी भन्छन्, ‘त्यसकै असर नेपाली खेलकुदमा पनि परेको छ।’
खेलमा पुरुषको वर्चश्व, नतिजामा महिला अगाडि
नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन्। तर, त्यो नगण्य मात्र छ। अधिकांश खेलमा पुरुषकै वर्चस्व छ भने निजी क्षेत्रले मात्र होइन, सरकारी निकायले दिने पुरस्कार र पारिश्रमिकमा पनि महिला र पुरुषबीच असमान देखिन्छ। यसलाई राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताले नै छर्लङ पार्छ। पहिले पुरुषतर्फका विजेतालाई नगद पुरस्कार २० लाख रुपैयाँ प्रदान गरिएको थियो महिलातर्फ ५ लाख मात्रै राखिएको थियो।
गत असोजमा चीनको हाङचाओमा आयोजना भएको १९औं एसियाली खेलकुदमा नेपालबाट २ सय ३४ जना खेलाडी सहभागी भएका थिए। जसमा १ सय २२ पुरुष र १ सय १२ महिलाले सहभागिता जनाएका थिए। तर, नतिजा भने महिला खेलाडीले मात्रै दिलाए। नेपालले करातेमा ऐतिहासिक पदक दिलाउँदा एरिका गुरुङले रजत जितिन्।
यस्तै महिला कबड्डी टोलीले पनि पहिलो सहभागितामै कांस्य पदक जितेको थियो। एसियाली खेलकुदकै इतिहासमा सन् १९९८ को बैंककमा भएको १३औं संस्करणमा सविता राजभण्डारीले तेक्वान्दोमा पहिलोपटक नेपाललाई रजत पदक दिलाएकी थिइन्।
नेपालले अहिलेसम्म तीन रजत र २३ कांस्यसहित २६ पदक जित्दा महिला खेलाडीले १० पदक भित्र्याएका छन्। जसमा दुई रजत र सात कांस्य छ। यस्तै एसियन पारा गेम्समा तेक्वान्दोकी पलेसा गोवद्र्धनले पनि ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्। पलेसाले सन् २०२० को टोकियो पारालिम्पिकमा दुई फाइट जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन्।
यसैगरी सन् २००४ मा संगीना वैद्य छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी बनिन् भने गौरिका सिंहले सन् २०१६ मा कान्छी खेलाडीका रूपमा संसारभर चर्चा कमाएकी थिइन्। दक्षिण एसियाली खेलकुदको इतिहासमा पनि जलपरी गौरिका सिंहले एउटै संस्करणमा चार र तेक्वान्दो स्टार आयशा शाक्यले दोहोरो स्वर्ण पदक जित्दै उत्कृष्टताको प्रमाणित गरिसकेका छन्।
नेपालको पुरुष टोलीले पाएको चर्चा, सफलता र उपलब्धिका आधारमा आईसीसीले नेपाललाई सहयोग गर्दै आएको क्यानका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्लले जानकारी दिए। खेलाडी संघका अध्यक्ष श्रेष्ठ नेपालमा पुरुषको तुलनामा महिला खेलाडीको उपलब्धि र पदक संख्या बढी भए पनि सेवा सुविधामा भएको विभेदकै कारण चाँडै पलायन हुने गरेको बताउँछन्।
‘नेपालमा पुरुषको तुलनामा महिलाहरूले बढी सफलता दिलाएका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीहरूकै पदक बढी छ। तर, पुरुषको तुलनामा महिला खेलाडीहरू लामो समयसम्म टिक्दैनन्। उनीहरू पलायन भइहाल्छन्’, आठौं र नवौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता श्रेष्ठ भन्छन्, ‘महिला खेलाडी चाँडै पलायन हुनुमा सेवा सुविधामा भएको विभेद पनि प्रमुख कारण हो।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीको वर्गीकरण गरेर संघले दिनुपर्ने सेवा सुविधा दिन आफूले निर्देशन दिएको र ढिलै भए पनि क्यानले त्यसको पालना गरेको बताए। ‘क्यानले ढिलै भए पनि खेलाडीको वर्गीकरण गरेर मासिक तलबको घोषणा गरेको छ। क्यानको निर्णय स्वागतयोग्य छ।
क्यानलाई बधाई दिन चाहन्छु’, सदस्यसचिव घिसिङले भने, ‘संघहरूले खेलाडीको प्रदर्शन र अन्तर्राष्ट्रिय वरीयताका आधारमा वर्गीकरण गर्ने गर्छन्। क्यानले के–को आधारमा खेलाडीको वर्गीकरण गरेको हो, त्यसको विस्तृत विवरण आएपछि मात्रै भन्न सकिन्छ। तर, खेलाडी वर्गीकरण र तलब सुविधा दिने घोषणा सही छ।’
पुरुष खेलाडीको प्रदर्शनका आधारमा आईसीसीबाट सहयोग
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् *आईसीसी)ले क्रिकेट खेल्ने विभिन्न राष्ट्रलाई सहयोग उपलब्ध गराउने गर्छ। त्यो सहयोग महिला तथा पुरुष टोलीको प्रदर्शन र उपलब्धिका आधारमा दिने गर्छ। नेपालको पुरुष टोलीले पाएको चर्चा, सफलता र उपलब्धिका आधारमा आईसीसीले नेपाललाई सहयोग गर्दै आएको क्यानका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्लले जानकारी दिए।
यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया