आइतबार ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

आइतबार, २० फागुन २०८०
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामै २ हजार रुपैयाँ बढेको छ । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ कायम रहेको सुन आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको हो । आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा चाँदी तोलामा २० रुपैयाँ वृद्धि भएकर आएको छ । शुक्रबार तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार