अन्तरास्ट्रिय बजारमा जगदम्बा स्टिल्सको सुपरसाइन र ग्याल्भा प्लसका जस्तापाताको माग बढ्यो

बुधबार, १८ माघ २०७९
स्वचालित स्टिल उत्पादन कम्पनी जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजार अन्तरगत तेस्रो देशमा निर्यात सुरु गरेको छ । जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम आल्मुनियम–जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्हरूका सामानको अन्तरािष्ट्रय बजारमा माग बढेकाले तेस्रो देशमा निर्यात सुरु गरेको कम्पनीले जनाएको छ । आफ्ना उत्पादनहरूमा उत्कृष्ट गुणस्तरको माध्यमबाट उपभोक्ता सन्तुष्टि भएको कम्पनीको दाबी छ । ‘ग्राहकहरूको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात सुरु गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौं,’ जगदम्बा कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो कम्पनी उत्पादनको गुणस्तरमा उत्कृष्टताका लागि प्रतिबद्ध छौं र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध छौं।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार