कुवेतमा सडक दुर्घटनामा परी ३ नेपालीको मृत्यु

विहीबार, ०१ चैत्र २०८०
काठमाडौ - वैदेशिक रोजगारीको लागि कुवेत पुगेको ३ नेपालीको मृत्यु भएको छ । १२ मार्च २०२३ का दिन उनीहरूको सडक दुर्घटनामा परी मृत्यु भएको हो। मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक- ५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्। साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो । मृतकहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए । घटना पश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको छ । नेपाली राजदूतावास अनुसार दुर्घटनाको सुचना पाए लगतै परिवार तथा कम्पनसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ । साभार : अन्नपुर्ण पोस्ट दैनिक

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार