अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १९७ पुग्यो

बुधबार, ३२ असार २०८२

काठमाडौँ : अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किने नेपालीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। सन् २०२५ को जनवरीदेखि हालसम्म कुल १९७ जना नेपाली नागरिक अमेरिका सरकारद्वारा निष्कासित भई नेपाल आइपुगेका छन्।

जेठ २६ गते मात्र अमेरिकास्थित एरिजोना र हवाईबाट ओम्नी एयर इन्टरनेसनलको चार्टर्ड विमानमार्फत ३७ जना नेपालीलाई डिपोर्ट गरिएको थियो। त्यसयता पनि निष्कासनको क्रम रोकिएको छैन।

नेपाल अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार,जेठपछि थप २४ जना नेपाली अमेरिकाबाट डिपोर्ट भई नेपाल फर्किएका छन्। उनका अनुसार, हालसम्म दुई पटक चार्टर्ड उडानमार्फत नेपाली नागरिकहरूलाई अमेरिका सरकारले फिर्ता पठाएको हो।

अधिकांश डिपोर्ट गरिएका नेपालीहरू शरणार्थीका रूपमा अमेरिका प्रवेश गर्न खोजेका, कागजपत्र नपुगेका वा आव्रजन नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका थिए। अमेरिकी अध्यागमन नीतिमा कडाइ भएपछि यस्ता घटनामा वृद्धि भएको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार