विराटनगर नर्स हत्या काण्ड : साथीको मोबाइलमा हत्याको म्यासेज

शनिबार, ०३ चैत्र २०८०
विराटनगर :  विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स हत्या प्रकरणमा उनकै प्रेमी जोडिएका छन् । महानगरपालिका ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै  प्रेमी रहेको बताइएको छ । तर हालसम्म प्रहरीले प्रहरीले औपचारिक रूपमा पुष्टि गरिसकेको छैन । शुक्रवार २३ बर्सिया चन्द्रिकाकुमारी दासको शव फेला परेको थियो । घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी गरिरहेको छ । अमिन धानुक नाम गरेका व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ । शुक्रवार करिब १२ बजेतिर शौचालयमा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानबाट युवतिको हत्या उनै प्रेमी भनिएका सिराहाकै अमिन नामका व्यक्तिले गरेको खुलेको प्रहरी स्रोतको दाबी छ । सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन्। दासको शव हेर्दा बिहीबार नै हत्या हुनसक्ने बताइएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट  छ । मृतकका प्रेमी भनिएका अमिनको नम्बरबाट साथीलाई आएको म्यासेजमा हत्या गरेको छु भनी लेखिएको बताइएको छ । सोही घरमा बस्ने अर्का एक ब्यत्तिःलाई म्यासेज आएपछि साथीले घरबेटीलाई जानकारी गराएको बताइएको छ । शुक्रवार दिउँसो करिब १२ बजे घरबेटीले कोठाको चाबी खोलेर हेर्दा शव देखिएको थियो । घरबेटीले त्यसपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी स्रोतका अनुसार हत्या गरेका व्यक्तिले दासको साथीलाई घटनास्थलको फोटो पनि पठाएको बताइएको छ । ह्वाटसपबाट अमिनले नै पठाएको हो कि अरू कसैले उनको नम्बर प्रयोग गरेर पठाए भन्ने अनुसन्धानका क्रममा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार