धरान / गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविस्य स्थापना गर्ने उद्देश्यका साथ संचालन गरिएको पूर्वी स्टार गायन प्रतियोगितामा उत्कृष्ट १० प्रतिस्पर्धीहरु छानिएका छन् ।
प्रदेश नं १ को ऐतिहासिक शहर धरानबाट संचालन भईरहेको यस शो को टप–१५ बाट टप–१० छनौट भएको पूर्वी स्टार सिजन–१ का प्रबन्ध निर्देशक टिआर सेनेहाङले जानकारी दिए ।
हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना भएको यस गायन प्रतियोगिताको टप–१० मा ५ महिला र ५ पुरुष रहेको पूर्वी स्टार सिजन–१ का कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिए ।
कुरुम्बाङका अनुसार यस टप–१५ को शो मा ईलामका अजया खत्रि वेष्ट पर्फमर बन्न सफल भएका छन् । त्यसैगरि टप–२० मा धरानका अरुण बराईली र पहिलो लाईभ राउण्डमा सिक्किमका शान्ति लिम्बु वेष्ट पर्फमर बनेका थिए ।
उपत्यका भन्दा बाहिर पहिलोपटक हुदै गरेको रियालिटी शो पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । दोश्रो हुनेले नगद एक लाख १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो बिजेताले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् ।
यस शो को फाईलन नयाँ सालको बैशाखमा हुने आयोजकले जनाएको छ ।
टप–१० को विवरण
प्रतिक्रिया