इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

आइतबार, ११ चैत्र २०८०
काठमाडौं । नेकपा एमालेले आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यलय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले इलाम क्षेत्र २ बाट सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने,‘बैठकले आगामि बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नं २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । वझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।’ एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ  २७ गते निधन भएपछि उक्त स्थान रिक्त थियो । सिफारिस भएका सुहाङ सुवासचन्द्र नेम्वाङका कान्छा सुपुत्र हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार