दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु घटना: सरकारले २४ लाख सहयोग गर्ने

सोमबार, १२ चैत्र २०८०
दाङ । दाङमा करेन्ट लागेर मृत्यु भएका एकै घरका तीनजनाका परिवारलाई सरकारले २४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक-एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई-दुई लाख, नेपाल विद्युत् प्राधिकरण लमहीद्वारा जनही रु पाँच-पाँच लाख सहयोग गर्ने सहमति भएको हो। पीडित र पीडक पक्षबीच आइतबार भएको सहमतिअनुसार मृतक परिवारका सदस्य राप्ती गाउँपालिका–३ मसुरिया निवासी लालबहादुर केसीलाई योग्यताबमोजिम नेपाल विद्युत् प्राधिकरणमा रोजगारको व्यवस्थापन गर्ने सहमति पनि भएको छ। पीडित पक्षका घाइतेको उपचारमा लागेको खर्च, दाहसंस्कार तथा किरिया खर्चका लागि ६० हजार तथा थप राहतका लागि पालिकाको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिसमक्ष पेस गर्ने सहमति भएको छ। त्यसैगरी, पीडित परिवारलाई नगद राहत उपलब्ध गराउने तथा पीडित परिवारकी मृतक दिलसरा केसीको छोरी ईश्वरी सुनारलाई कक्षा १० सम्म राप्ती गाउँपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ। पीडित पक्षले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । विद्युतको लाइन चँुडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीनजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार