लागुऔषधमुक्त पालिका बनाउन ज्योतिर्मय अभियानको अपिल

सोमबार, १२ चैत्र २०८०
इलाम : इलामको ज्योतिर्मय सामाजिक अभियानले जिल्लाका सबै पालिकालाई लागुऔषध नियन्त्रणमा जुट्न अपिल गरेको छ । लागु औषध दुर्व्यसन नियन्त्रणको अभियन्ता ज्योतिर्मयले सबै पालिकालाई अपिल पठाइ लागु औषध प्रयोगको विकराल अवस्थाबारे स्मरणसमेत गराएको छ । अभियान अध्यक्ष धिरेन चेम्जोङले आ–आफ्नो पालिकालाई लागु औषध दुर्व्यसनमुक्त बनाउने अभियानमा जुट्न १० वटै पालिकालाई अनुरोध गरिएको जानकारी दिए । पछिल्ला दिनमा लागूपदार्थ ओसारपसारको केन्द्रका रूपमा नेपाल देखिन थालेको भन्दै उनले अर्थतन्त्र र सुरक्षामा ठुलो चुनौती रहेको बताए । इलाममा लागु औषध दुर्व्यसनीको सङ्ख्या यकिन नभए पनि सबै पालिका र गाउँघरमा यो समस्या ‘भुसको आगो’जसरी फैलिरहेको अनुभवीले सुनाउने गरेको पनि अभियानले जनाएको छ । २०७६ सालको एक सर्वेक्षणअनुसार नेपालमा लागु औषध प्रयोगकर्ताको सङ्ख्या आठ हजार सात सय ३२ महिलासहित एक लाख ३० हजार चार सय २४ रहेको अपिलमा उल्लेख छ । उनीहरू १५ देखि ५० वर्ष उमेर समूहका छन् । देशभर दुई सय ४० पुनर्स्थापना केन्द्र सञ्चालित छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार