इटहरीका आगलागी पीडितलाई उद्योग वाणिज्य सङ्घ र रेडक्रसको सहयोग

सोमबार, १२ चैत्र २०८०
इटहरी -सुनसरीको इटहरी ३ स्थित सुनौलो टोलका २ घर आज आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएपछि यहाँका सङ्घ संस्थाहरूले आज राहत प्रदान गरेका छन् । सुनौलो टोलका हरेराम श्रृषिदेब,कमला बिकको आज अचानक आगलागी भएपछि पूर्ण रूपमा जेलेर नष्ट भएको थियो । दुई घर जलेर नष्ट भएपछि यहाँ रहेको उद्योग वाणिज्य सङ्घ इटहरी र रेडक्रस सोसाइटी इटहरी शाखाले तत्कालका लागि राहत प्रदान गरेको उद्योग वाणिज्य सघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । नेपाली काग्रेंसका केन्द्रीय सदस्य राजीव ढुङ्गाना मार्फत उक्त समाग्रिहरु पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । पीडित परिवारलाई १९१ बोरा चामल,ओढ्ने ओछ्याउने तथा अन्य खाद्यान्न सामाग्रीहरू वितरण गरिएको अध्यक्ष पराजुलीले बताए । सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका इटहरी उपमहानगरका कार्यवाहक अध्यक्ष बालकृष्ण विष्ट लगायत अन्य सामाजिक ब्याक्तिहरूको समेत उपस्थिति रहेका थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार