हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बुधबार, १४ चैत्र २०८०
झापा । झापामा जङ्गली हात्तीको आक्रमणमा परी आज साँझ एक जनाको मृत्यु भएको छ । शिबसताक्षी नगरपालिका –११ उत्तरी क्षेत्रको जङ्गलमा दाउरा खोज्ने क्रममा जङ्गली हात्तीको आक्रमणबाट पवित्रा भेटवालको मृत्यु भएको प्रहरीले जनाएको छ । भेटवाल सोही वडा कि हुन । दाउरा लिनका लागि सँगै गएका उनका श्रीमान् दिलीप भेटवाल हात्तीको आक्रमणमा परि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी झिलझिलेको टोलीले कानुनी प्रक्रिया सुरु गरेको छ । घटनास्थलदेखि नजिकै अझै पनि दुई वटा हात्ती छन् । स्थानीयका अनुसार दुई वटा जङ्गली हात्तीले  बुधबार  साँझ ५ः५० मा आक्रमण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार