रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी
रुपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् ।९ हजार ७ सय मतान्तरसहित नेपाली काँग्रेसका उम्मेदवार भरत शाहलाई हराउँदै घिमिरे विजयी भएका हुन ।
घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार शाहले २७ हजार १२० मत प्राप्त गरेका छन् ।
१ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया