इटहरी गोल्डकप: अन्तिम सेमिफाइनलमा आयोजक र चर्चब्वाइज भिड्दै

विहीबार, १५ चैत्र २०८०
सुनसरी - १४ औँ संस्करणको इटहरी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा आज गत वर्षको उपविजेता चर्च ब्वाईज युनाइटेड काठमाडौँ र आयोजक राष्ट्रिय जागृति क्लबबिच प्रतिस्पर्धा हुदैछ । खेल इटहरी रंगशालामा साँझ पौने सात बजे सुरु हुनेछ । आयोजक पाहुना टोली कञ्चनजंगा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गर्दै आयोजकसँगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो । यसअघि गएराति सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङ माथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै आर्मी उपाधि नजिक पुगिसकेको छ । शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपविजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार