साताको पहिलो दिन सेयर बजारमा सामान्य हरियाली

आइतबार, २२ माघ २०७९
साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली देखिएको छ । १.५४ अंकले बढेको बजार २०९६.०८ बिन्दुमा रोकिएको छ । २५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ । आइतबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसूचकको मूल्य घट्यो । त्यसबाहेकका उपसूचकको मूल्य भने बढेको छ । आइतबार आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भयो । यसको मूल्य १० प्रतिशत बढेर २१२१।७० रुपैयाँ पुगेको छ । पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी फण्डसहितको मूल्य धेरैले बढेको छ । इस्टर्न हाइड्रो, प्रभु बैंक डिभेन्चर, प्राइम लाइफ इन्स्योरेन्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार