इलाममा निःशुल्क आँखा शिविर सुरु

विहीबार, १५ चैत्र २०८०
इलाम / इलाममा तीन दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । इलाम नगरपालिका र विराटनगर आँखा अस्पताल रानी विराटनगरको आयोजनामा शिविर सुरु भएको हो । नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र इलामको संयोजन तथा जुविलेन्ट इलाइट एकाडेमीको सहयोगमा शिविर भइरहेको छ । पहिलो दिन दुई सय बढीले आँखा जाँच गराएको बताइएको छ । शिविरमा १५ सय बढीले सेवा लिने अपेक्षा गरिएको नेपाल नेत्र ज्योति सङ्घ इलामका उपाध्यक्ष विष्णु कार्कीले बताए । उनका अनुसार मोतिया बिन्दु भएका एक सय पचास बढीको शल्यक्रिया गरिने लक्ष रहेको छ । शिविरमा आँखाको निःशुल्क शल्यक्रिया समेत हुने भएको छ । नेपाल नेत्र ज्योति संघले विभिन्न समयमा जिल्लाका विभिन्न क्षेत्रमा आँखाको निःशुल्क शल्यक्रिया गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार