श्रीमति हत्या अभियोगमा बलराम थारु पक्राउ

विहीबार, १५ चैत्र २०८०
काठमाडौं । श्रीमतीको हत्या अभियोगमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । कन्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारी बस्ने ३४ वर्षीय बलराम थारुले २४ वर्षीया आशिका चौधरीको हत्या गरेका छन् । बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आज दिउँसो थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार